अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध

सिडनी । अष्ट्रेलियामा १६ बर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन नपाउने भएका छन् ।
अस्ट्रेलियाको संसदले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्नबाट प्रतिबन्ध लगाउने कानुन पारित गरेसँगै यो नियम लागु भएको छ ।
विश्वमा ठुला सामाजिक सञ्जाल प्लेटफर्महरूलाई लक्षित गर्ने सबैभन्दा कडा नियमहरू मध्ये एक मानिएको छ ।
बिहीबार सिनेटले पारित गरेको कानूनले १६ वर्ष मुनिका व्यक्तिहरूलाई सामाजिक सञ्जालमा खाता खोल्नबाट रोक लगाए लगत्तै इन्स्टाग्राम, फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जाललाइ ठुलो घाटा हुनेछ ।
बालबालिकालाइ सामाजिक सञ्जाल प्रयोग गर्ने कानुन लागु गराउन नसकेमा अष्ट्रेलियन डलर ५० मिलियनसम्म जरिवाना सामाजिक सञ्जाल कम्पनिहरूलाइ हुनेछ ।
प्रधानमन्त्री एन्थोनी अल्बानीजले विधेयकको समर्थन गरेका छन । सो कानुन पारित भए लगत्तै अभिभावकहरूले खुसीयालीमा जुलुससमेत गरेका छन् ।
प्रधानमन्त्री अल्बानीजले भनेका छन कि अब अष्ट्रेलियाली बालबालिकाहरू आफ्ना फोनहरू बन्द गरेर फुटबल र क्रिकेट मैदान, टेनिस र नेटबल कोर्टमा, स्विमिङ पूलमा पुग्नेछन् ।
गोपनीयता सबन्धी समर्थक र केही बाल अधिकार समूहहरूले विधेयकको विरोध गरे पनि ७७ प्रतिशत जनताले १६ वर्षभन्दा कम उमेरकालाई सामाजिक सञ्जालमा प्रयोगमा प्रतिबन्ध लगाउने संसदको निर्णयको स्वागत गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया