लुम्बिनी विश्वविद्यालयको दीक्षान्त समारोह आज

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह आज हुँदैछ । समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी जाँदैछन् ।
समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति समेत रहेका ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलका साथै स्वदेशी तथा विदेशी विशिष्ट पाहुना सहभागी हुनेछन्। अाज विभिन्न तहमा अध्ययन पूरा गरेका एक विदेशीसहित २ सय ८९ विद्यार्थी दीक्षित हुँदै छन् ।
लुम्बिनीबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका एक बेलायती नागरिक पनि दीक्षित हुँदै छन् । उनीबाहेक स्नातकोत्तर तहका १ सय ८६, स्नातकका ८८, विद्यावारिधी पूरा गरेका ७ र पीजीडीका ८ विद्यार्थी दीक्षित हुनेछन् ।
विश्वविद्यालयमा अहिले ६८ विदेशीसहित २ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् । दीक्षान्तमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १३ जना विद्यार्थीलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिनेछ ।
यस्तै, बौद्ध शिक्षा, धर्म दर्शनको प्रवर्धनमा योगदान पुर्याएकी भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य) लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान पनि गरिनेछ।।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया