लुम्बिनी विश्वविद्यालयको दीक्षान्त समारोह आज

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह आज हुँदैछ । समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी जाँदैछन् ।
समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति समेत रहेका ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलका साथै स्वदेशी तथा विदेशी विशिष्ट पाहुना सहभागी हुनेछन्। अाज विभिन्न तहमा अध्ययन पूरा गरेका एक विदेशीसहित २ सय ८९ विद्यार्थी दीक्षित हुँदै छन् ।
लुम्बिनीबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका एक बेलायती नागरिक पनि दीक्षित हुँदै छन् । उनीबाहेक स्नातकोत्तर तहका १ सय ८६, स्नातकका ८८, विद्यावारिधी पूरा गरेका ७ र पीजीडीका ८ विद्यार्थी दीक्षित हुनेछन् ।
विश्वविद्यालयमा अहिले ६८ विदेशीसहित २ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् । दीक्षान्तमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १३ जना विद्यार्थीलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिनेछ ।
यस्तै, बौद्ध शिक्षा, धर्म दर्शनको प्रवर्धनमा योगदान पुर्याएकी भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य) लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान पनि गरिनेछ।।
















सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ अब नेपालमा
इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटः एपीएफको विजयी सुरुवात
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
प्रतिक्रिया