रौतहटमा लाखौँको मोबाइल चोरीकाे आरोपमा २ जना पक्राउ

रौतहट । रौतहटको सदरमुकाम गौर स्थित एकै रातमा छुट्टाछुट्टै दुई पसलको ताल्चा फुटाएर लाखौंको मोबाइलचोरी गर्ने दुईजना चोरलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।
चोरीको मोबाइल सहित पक्राउपर्नेहरुमा स्थानिय राजदेवी नगरपालिका ९ ब्रहमापुरिका सोनालाल मण्डलको छोरा बर्ष १९ को शिवजी मण्डल र सोही ठाउँका १८ बर्षीय निरज मण्डल रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दिपक कुमार रायले बताएका छन्।
उनीहरू माथी बिहीवार चोरी सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौर बाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता डिएसपी रायले जानकारी दिएका छन्। गत बुधवार राती उनीहरूले गौर स्थित चौधरी मार्केट भित्र नेशनल मोबाईल पसलको ताल्चा फुटाएर १५ थान मोबाईल चोरेर लागेका थिए। लगत्तै राति डेढ बजे गौर स्थित बरहवा पुल नजिक गौर इन्टर प्राईजेज मोबाईल पसलको ताल्चा फुटाएर ४ वटा मोबाइल चोरी गरेको थियो।
सोही क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोली र स्थानीय मिलेर दुबैजना लाई चोरी गर्दा रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ। पक्राउ परेका दुवैजना जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको छ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया