आइतबार, वैशाख १३, २०८३

ऐश्वर्या रायले हटाइन् आफ्नो नामबाट बच्चन थर !

मेरोन्यूज २०८१ मंसिर १४ गते १२:२२

काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या रायले बच्चन थर हटाएकी छन्।

Advertisement
NiccNicc

हालै दुबईमा भएको कार्यक्रममा उनी सहभागी भएकी थिइन्। जसमा उनको नाममा बच्चन थर जोडिएको छैन।

जब ऐश्वर्या स्टेजमा आइन्, उनको नाम ‘ऐश्वर्या राय’ देखाइएको थियो । सम्बन्धविच्छेदको हल्ला चलिरहँदा बच्चनको उपनाम हटाएपछि मानिसहरु छक्क परेका छन् ।

भिडिओ सार्वजनिक भएपछि उनीहरूका फ्यानले विभिन्न प्रतिकृया जनाइरहेका छन्। एक फ्यानले लेखेका छन्, ‘आफ्नो नाममा कसैको थर जोड्न आवश्यक छैन। उनी मात्र ऐश्वर्या राय हुन्।’ यस्तै अर्काले लेखेका छन्, ‘बच्चन बिना उनको आफ्नो पहिचान छ।’

ऐश्वर्याको इन्स्टाग्राम अकाउन्टमा भने बच्चन थर यथावत नै छ।

दुबईको भिडिओमा उनको नाम व्यावसायिक प्रतिनिधित्वको लागि प्रयोग गरिएकाले पतिकाे थर हटाइएकाे बताइएको छ ।

प्रतिक्रिया