ऐश्वर्या रायले हटाइन् आफ्नो नामबाट बच्चन थर !
मेरोन्यूज
२०८१ मंसिर १४ गते १२:२२

काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या रायले बच्चन थर हटाएकी छन्।
हालै दुबईमा भएको कार्यक्रममा उनी सहभागी भएकी थिइन्। जसमा उनको नाममा बच्चन थर जोडिएको छैन।
जब ऐश्वर्या स्टेजमा आइन्, उनको नाम ‘ऐश्वर्या राय’ देखाइएको थियो । सम्बन्धविच्छेदको हल्ला चलिरहँदा बच्चनको उपनाम हटाएपछि मानिसहरु छक्क परेका छन् ।
भिडिओ सार्वजनिक भएपछि उनीहरूका फ्यानले विभिन्न प्रतिकृया जनाइरहेका छन्। एक फ्यानले लेखेका छन्, ‘आफ्नो नाममा कसैको थर जोड्न आवश्यक छैन। उनी मात्र ऐश्वर्या राय हुन्।’ यस्तै अर्काले लेखेका छन्, ‘बच्चन बिना उनको आफ्नो पहिचान छ।’
ऐश्वर्याको इन्स्टाग्राम अकाउन्टमा भने बच्चन थर यथावत नै छ।
दुबईको भिडिओमा उनको नाम व्यावसायिक प्रतिनिधित्वको लागि प्रयोग गरिएकाले पतिकाे थर हटाइएकाे बताइएको छ ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया