शिक्षकको लापरवाहीले विद्यालयको गेट ढल्दाँ २ बालक घाइते, १ को अवस्था गम्भिर

सिरहा। सिरहाको नरहामा शिक्षकहरुको लापरवाहीले विद्यालयको गेट ढल्दाँ दुइजना बालक घाइते भएको छन् ।
घाइते मध्येय एकको अवस्था गम्भिर रहेको छ। नरहा गाउँ पालिका १ गौरहा स्थित श्री आधारभुत विद्यालयको फलामे गेट ढलेर चोट लाग्दा कक्षा ४ मा अध्ययनरत कासिन्द सदायका छोरा १० वर्षिय राजेश सदाय र फुल कुमार यादवको छोरा ११ वर्षिय प्रिन्स यादव घाइते भएका हुन्।
घाइते मध्येय राजेशको अवस्था गम्भिर रहेको छ। उनको टाउकोमा गम्भिर चोट लागेकाले थप उपचारको लागि विराटनगर लगिएको विद्यालयका शिक्षक रामजुलुम यादवले बताए। उनले, ‘प्रिन्सको पिठ्युमा घाउ लागेको र अवस्था चिन्तामुक्त रहेकाले गोलबजारस्थित लाईफ लङ्ग अस्पतालमा उपचार भईरहेको छ।’ फलामे ढोकाले लागेर राजेशको टाउकोमा गम्भिर चोट लागेको शिक्षक यादवले जनाए।
यता, कार्यालय सहयोगीले विद्यार्थीलाई गेट खोल्न लगाउँदा घटना हुन पुगेको स्थानियहरुको आरोप छ। ढोका खोल्दा ढोकाबाट साउन्ड आयो र एकैपल्ट ढोका झर्दा बिद्यार्थीहरुको भागाभाग भएको थियो सो क्रम्मा दुई बिद्यार्थी घाइते भएको स्थानियहरुको भनाई छ ।
विद्यालयका कार्यालय सहयोगी मुख्य स्लाईड गेट आधीमात्र खोेलेर कक्षा कोठा र कार्यालय खोल्न गए पछि राजेश गेटमा चढेर प्रिन्सलाई धकेल्न लगाउँदा गेटको चक्का उछिट्टिएर ढल्दा चोट लागेको शिक्षकहरुको भनाई रहेको छ।
बिद्यालयका शिक्षकहरु समयमा विद्यालय नआउनाले पनि यो घटना हुन पुगेको अभिभावकहरुको गुनासो रहेको छ।














ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया