‘लरेन्स विश्वोई’को नाममा व्यवसायीलाई धम्की दिने दुर्गा प्रसाईंका सहयोगी, प्रसाईंले नै दिन्थे आदेश

काठमाडौं । भारतीय आपराधिक समूहको नामबाट व्यवसायीलाई धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् ।
नेपालमा व्यवसाय गरिरहेका विभिन्न व्यक्तिलाई भारतीय नम्बरबाट फोन तथा मेसेज गरेर धम्की दिएको आरोपमा प्रहरीले झापाको मेचीनगर नगरपालिका–१३, चारआलीका ३६ वर्षीय हरिचन्द्र फुयाललाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, उनले फोन तथा मेसेजमा आफूलाई भारतीय आपराधिक समूह लरेन्स बिश्नोईको सदस्य बताउँथे । त्यसक्रममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग तुरुन्त माफी माग्न बताउँथे । अन्यथा ज्यान लिने धम्कीसमेत दिन्थे । उनले व्यवसायीलाई आतंकित पारेर आपराधिक लाभ लिन खोजेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानमा उनले भारतीय आपराधिक समूहको नामबाट व्यवसायीलाई धम्की दिने काम मेडिकल व्यवसायी प्रसाईंको निर्देशनमा गरेको बयान दिएका छन् । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया