२०८२ वैशाख १ गतेदेखि नगकोट भ्रमण वर्ष

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रमा २०८२ वैशाख १ गतेदेखि नगकोट भ्रमण वर्ष २०८२ हुने भएको छ ।
नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले नगरकोट भ्रमण वर्ष २०८२ को तयारी र समग्र चाँंगुनारायण नगरपालिकाको समृद्धि विषयमा शुक्रबार नगरप्रमुख जीवन खत्रीसँंगको अन्तरक्रियामा नगरप्रमुख खत्रीले भ्रमण वर्षको तयारी पूरा भएको जनाए ।
नयाँंवर्ष २०८२ को वैशाख १ गतेदेखि भ्रमण वर्ष सुरु हुने उनले जनाए । भ्रमण वर्षको क्रममा वर्षभरि नगरपालिकाको वडा नं १ देखि ९ सम्मकै सम्पूर्ण क्षेत्रमा विभिन्न क्रियाकलापहरु हुने उनले जनाए । यसले नगरबासीको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास उनले गरे ।
चाँंगुनारायण नगरपालिकामा दोश्रो पटक स्थानीय निकायको निर्वाचन भएर २०८० मा खत्रीको नेतृत्वमा चाँंगुनारायण नगरपालिकामा नयाँं जनप्रतिनिधि आएको पहिलो बैठकमै नगरकोट भ्रमण वर्ष २०८२ को निर्णय गरी घोषणा भएको थियो । घोषणा लगतै नगरपालिकाले तयारीको काम थालेको भन्दै प्रमुख खत्रीले भ्रमण वर्षलाई सफल पार्न सवैसँंग सहयोगको आशा व्यक्त गरे ।
कार्यक्रममा चाँंगुनारायण नगरपालिका वडा नं ६ नगरकोटका वडा अध्यक्ष धनबहादुर लामाले नगरकोट भ्रमण वर्ष २०८२ का विविध विषयमा चर्चा गरेका थिए । कार्यक्रम सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।










देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया