लागूऔषधसहित कैलालीबाट चार जना पक्राउ
मेरोन्यूज
२०८१ मंसिर १५ गते १२:००

धनगढी । लागूऔषधसहित कैलाली प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
करिब ६ ग्राम लागूऔषध खैरो हेरोइन र लागूऔषधका रुपमा प्रयोग हुने ३ सय चार ट्याब्लेट प्रतिबन्धित औषधिसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय विशाल शाही, घनगढी उपमहामगरपालिका–१३ बस्ने २३ वर्षीय प्रविण राना, लम्कीचुहा नगरपालिका–४ बस्ने २० वर्षीय खेमराज जैशी र २२ वर्षीय धीरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनकाअनुसार शाहीको साथबाट चार ग्राम ६१० मिलिग्राम लागुऔषध खैरो हेरोइन, रानाको साथबाट एक ग्राम ३१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। यस्तै जैशी र चौधरीको साथबाट ८० ट्याब्लेट ट्रमाडोल, २० ट्याब्लेट ट्याबस्पामिड र १६ ट्याब्लेट ट्याब एभिल बरामद गरिएको प्रहरीको भनाइ छ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रतिक्रिया