शनिबार, वैशाख २६, २०८३

लागूऔषधसहित कैलालीबाट चार जना पक्राउ

मेरोन्यूज २०८१ मंसिर १५ गते १२:००

धनगढी । लागूऔषधसहित कैलाली प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

Advertisement
NiccNicc

करिब ६ ग्राम लागूऔषध खैरो हेरोइन र लागूऔषधका रुपमा प्रयोग हुने ३ सय चार ट्याब्लेट प्रतिबन्धित औषधिसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय विशाल शाही, घनगढी उपमहामगरपालिका–१३ बस्ने २३ वर्षीय प्रविण राना, लम्कीचुहा नगरपालिका–४  बस्ने २० वर्षीय खेमराज जैशी र २२ वर्षीय धीरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनकाअनुसार शाहीको साथबाट चार ग्राम ६१० मिलिग्राम लागुऔषध खैरो हेरोइन, रानाको साथबाट एक ग्राम ३१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।  यस्तै जैशी र चौधरीको साथबाट ८० ट्याब्लेट ट्रमाडोल, २० ट्याब्लेट ट्याबस्पामिड र १६ ट्याब्लेट ट्याब एभिल बरामद गरिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया