एनपीएलको विजेतालाई एक करोड ११ लाख पुरस्कार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेताले एक करोड ११ लाख रुपैयाँ पाउने भएकाे छ । उपविजेताले ५० लाख रुपैयाँ पाउनेछ ।
प्रतियोगिताको तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउनेछ ।
नेपाल क्रिकेट संघको आयोजना हुने नेपाल प्रिमियर लिग आजबाट सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा आज विराटनगर किंग्स् र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।
आगामी पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर किंग्स्, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्यले प्रतिस्पर्धा गर्दै छन् ।
सिंगल राउन्ड रोबिन लिग पद्दतिमा हुने प्रतियोगितामा कुल ३२ खेल हुनेछन् । जसमा लिग चरणमा २८, प्लेअफमा तीन र फाइनलको एक खेल समावेश छन् ।
















जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
कांग्रेस अनुशासन समितिकाे बैठक बस्दै
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया