एनपिएलको उद्घाटन खेल : जनकपुरले टस जित्यो, फिल्डिङ गर्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्टस् र विराटनगर किङ्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज जनकपुरले टस जितेर फिल्डिङ गर्ने भएको छ ।
खेल अबको केही समयमै सुरु हुनेछ । जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आशिफ शेख छन् ।
टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन् । उनीहरुसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापामगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन् । जनकपुरको टोलीमा न्यूजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इङ्ल्याण्डका अलराउण्डर बेन माइक छन् ।
विराटनगर किङ्सको मार्की खेलाडी एवं कप्तान सन्दीप लामिछाने छन् । विराटनगरका कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जीतेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहरा, सुभास भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन् । विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजील्याण्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कट्ल्याण्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् ।
















जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
कांग्रेस अनुशासन समितिकाे बैठक बस्दै
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया