परराष्ट्रमन्त्री स्वदेश फिर्ता, चीनसँग के–के भयो कुरा ?

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छन् । चीनको तीन दिने औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री राणा भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेकी हुन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छन्दु पुगेकी उनले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । सो अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको थियो ।
आज विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री राणाले चिनियाँ विदेशमन्त्रीसँग आर्थिक तथा सामाजिक समझदारी कायम राख्ने विषयमा छलफल भएको बताइन् । यस्तै विगतमा भएका सहमतिलाई अगाडि बढाउने विषयमा कुरा भएको उनले बताइन् । उनले नेपाली पक्ष ऋण लिनसक्ने पक्षमा नभएको भन्ने कुरा पनि चिनियाँ विदेशमन्त्री समक्ष राखेको बताइन् । प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनेछिन् ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया