आइतबार, वैशाख १३, २०८३

चीन भ्रमणको तयारीमा रहनु परेकाले आज खेल हेर्ने मौका पाउन सकिनँ : प्रधानमन्त्री

मेरोन्यूज २०८१ मंसिर १५ गते १२:५०

ठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारीमा रहनु परेकाले आज हुने नेपाल प्रिमियर लिग(एनपीएल)को खेल हेर्ने मौका नपाएको बताएका छन्।

Advertisement
NiccNicc

 प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत एनपीएलको आजको खेल हेर्न नपाउने भएको बताएका हुन्।

उनले लेखेका छन् -‘कीर्तिपुरको क्रिकेट मैदानमा आजदेखि नेपाल प्रिमियर लिग(एनपीएल)सुरु हुँदैछ । हाम्रो छिमेकी मित्रराष्ट्र चीन भ्रमणको तयारीमा रहनु परेकाले आज खेल हेर्ने मौका पाउन सकिनँ, एनपीएलमा सहभागी हुने ८ वटै फ्रेन्चाइज टोलीले उत्कृष्ट खेल्ने छन् । विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स, सबै टोलीलाई शुभकामना । सबै खेलाडीलाई सम्झेको छु है !

प्रतिक्रिया