सोमबार, चैत ९, २०८२

स्थानिय तहकाे रिक्त ४१ पदका लागि आज निर्वाचन

मेरोन्यूज २०८१ मंसिर १६ गते ६:४३

काठमाडौं, १५ मंसिर । स्थानीय तहका पालिका प्रमुखसहित रिक्त ४१ पदका लागि आज हुदैँछ ।

Advertisement
nepal life insurencenepal life insurence

निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाे हिजाे जानकारी दिएकाे थियाे, आज भने मतदान प्रकिया सुरू हुनेछ । 

आयोगका अनुसार निर्वाचन हुने स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रहरूमा आज बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। एक-एक नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिकाकाका २ अध्यक्ष र ४ उपाध्यक्ष र ३३ वडाध्यक्षसहित ४१ पदका लागि आज उपनिर्वाचन हुन लागेको हो।

उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएकाले ढुक्कसँग मतदान गर्न निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नीता पोख्रेल अर्यालले अनुराेध गरेकी छिन् ।

अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाइनेछ। 

प्रतिक्रिया