‘टोखा नगर गौरव सम्मान’ ग्रान्डी अस्पताललाई

काठमाडौं । जिल्लाको टोखा नगरपालिकाले ‘नगर गौरव सम्मान’ ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीलाई प्रदान गरेको छ । टोखाले ११औँ नगर स्थापना दिवसका अवसरमा नेपालको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरी टोखालाई देश–विदेशमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै ग्रान्डी अस्पताललाई सम्मान प्रदान गरेको हो ।
उक्त सम्मान आज नगरप्रमुख प्रकाश अधिकारीले अस्पतालका अध्यक्ष इन्जिनियर दीपक कुँवरलाई प्रदान गरे । सम्मान प्रदान गर्दै नगरप्रमुख अधिकारीले समृद्ध टोखा निर्माणमा महत्वपूर्ण भूमिका प्रदान गरेका व्यक्ति तथा संस्थालाई सम्मान गरिएको जानकारी दिए ।
उनले आगामी दिनमा पनि सम्मानित सङ्घसंस्थाले टोखाको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।त्यस अवसरमा सगरमाथा आरोही सुवेर श्रेष्ठ, वरिष्ठ साहित्यकार नयनराज पाण्डेय, वरिष्ठ हास्य कलाकार सन्तोष पन्त, औषधि उद्योग देउराली जनता फर्मास्युटिकल्सलाई सम्मान गरेको छ ।
यसैगरी, टोखामा बसोबास गरी विभिन्न विषयमा विद्यावारीधि हासिल गर्ने ३३ जनालाई सम्मान गरेको छ । ओलम्पियन अर्जुन पण्डित, गिनिज वल्र्ड रेकर्ड साजन डङ्गोल, महिला राष्ट्रिय क्रिकेट खेलाडी खुशी डङ्गोललाई समेत सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया