मोरङको ग्रामथान गाउँपालिकामा माओवादी उम्मेदवारको फराकिलो मतान्तर
मेरोन्यूज
२०८१ मंसिर १७ गते ६:०३

काठमाडौं – मोरङ ग्रामथान गाउँपालिकाको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता फराकिलो पारेका छन्।
निर्वाचन आयोगका अनुसार सोमबार बिहानको ताजा मतपरिणाम अनुसार उक्त गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी ४८०२ मतसाथ अगाडि छन्।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार बलराम सरदार थारुले पछ्याइरहेका छन्। उनले ३१४४ मत ल्याएका छन्।
त्यसैगरी तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार तुलसीराम विश्वास रहेका छन्। उनले २१३८ मत ल्याएका छन्।
राप्रपाका उम्मेदवार दिनेशकुमार थन्दारले ३८८, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नवीनकुमार विश्वास खवासले २५८ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलकुमार विश्वकर्माले १०२ मत ल्याएका छन्।
सम्बन्धित











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया