भिमदत्त नगरपालिका वडा ६ मा कांग्रेसले जित्दा माओवादी उम्मेदवार आठाैँस्थानमा
मेरोन्यूज
२०८१ मंसिर १७ गते ७:५७

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् । अन्तिम मतगणनाअनुसार चन्द एक हजार १०७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
२०७९ सालको निर्वाचनमा पनि यो वडामा नेपाली कांग्रेस विजयी भएको थियो । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका बहादुर चन्दले चार सय ८७ मत पाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशील कुमार भट्टले तीन सय ६९, नेकपा एकीकृत समाजवादी पार्टीका जितेन्द्रबहादुर चन्दले दुई सय २५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले दुई सय १८,स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले एक सय ४२ मत पाएका छन् ।
नागरिक उन्मुक्ति पार्टीका हरिश डगौराले एक सय २७, माओवादी केन्द्रका नानाराम कोलीले एक सय २२ मत पाएका छन्
सम्बन्धित
















होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रुको सुरक्षा सुनिश्चित गर्न निर्देशन
‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया