सिरीजङ्घा गाउँपालिका-३ मा एमालेकी सावादेन विजयी

काठमाडौँ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-३ सिकैचाको वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन विजयी भएकी छन् । माओवादी केन्द्रका अम्बि साउदेनलाई १०२ मत अन्तरले पछि पार्दै सावदेन विजयी भएकी हुन् ।
कुमारीले ३ सय ५३ मत प्राप्त गर्दा अम्बीले २ सय ५१ मत प्राप्त गरे । नेपाली कांग्रेसका भिम लक्समले २ सय १८ मत पाए । कुमारी २०७९ को निर्वाचनमा कांग्रेसका उम्मेदवार दिलप्रसाद बोखिमसँग ४ मत अन्तरले मात्रै पराजित भएकी थिइन् । उनलाई पराजित गरेका बोखिम रोजगारीका लागि हङकङ गएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।
काँग्रेसबाट लक्सम्बा लिम्बू, एमालेका कुमारी, माओवादी केन्द्रका अम्बि साउदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजेन्द्र काङ्वा लिम्बू गरी ५ जना उम्मेदवार थिए ।
लिम्बुवानका राजेन्द्रले ५४ मत प्राप्त गर्दा रास्वपाका देवीले ७ मत पाएका छन् भने ९ मत बदर भएको छ ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया