शान्ति–अहिंसा प्रार्थनार्थ काभ्रेमा गुफा बस्दै ‘लामा’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ तालढुङ्गामा बौद्ध धर्मालम्बी ‘लामा’ हरु गुफा (कुन्छाम्¬) बस्ने भएका छन् । खानीखोलास्थित कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङको आयोजनामा यही मङ्सिर २६ गतेदेखि करिव तीन सय लामाहरु गुफा बस्न लागेका हुन् ।
विषेशगरी शान्ति र अहिंसा प्रार्थनाका लागि लामाहरु डेढ महिना गुफा बस्न लागेको घेदुङले जनाएको छ । गुफा बस्न काभ्रेपलाञ्चोकसँगै सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट लामा आउने घेदुङका अध्यक्ष वीरबहादुर वाईवा बताए । उनका अनुसार ताल्ढुङ्गामा मङ्सिर २६ गते गुफा कार्यक्रमअन्तर्गत उद्घाटन भएसँगै भोलिपल्ट लामागुरू खेन्पो सेराप ग्याल्छेनबाट ‘थुन’ सुरु हुने छ ।
शान्ति र अहिंसाको प्रार्थनासँगै धार्मिक तथा साँस्कृतिक सम्बन्धनको विकास गरी लामाहरूलाई बुद्धिष्ट ज्ञानसहित सङ्गठित बनाउने विषयमा प्रशिक्षित गरिने जनाइएको छ । यस्तै गुफामा अहिंसा र शान्तिमा योगदान पु¥याउनुका साथै बौद्ध धर्म, कला–सँस्कृतिको संरक्षण, सम्बद्र्धन र विकाससँगै समस्त लामाको हक–हीत, भाषा, लिपी, बुद्धको उपदेशका पालना गराई तामाङ बौद्ध जागरण तथा धार्मिक कर्मकाण्डलाई कम खर्चिलो, एकरुपता र सरल पार्ने विषयमा बृहत छलफल हुने जनाइएको छ ।
“तामाङ समाजमा पछिल्ला समय ‘लामा’ कम हुँदै गएकाले कुन्साम्मार्फत् लामा पठनपाठन र उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, अध्यक्ष वाइवाले भने । ४५ दिनसम्म चल्ने कुन्छाम् कार्यक्रममा लामाका लागि खान–बस्न रु १५ खर्च हुने आयोजकले जनाएको छ ।
खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले लामाको कुन्छाम् कार्यक्रमले स्थानीय धार्मिक पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बताए । उनका अनुसार खानीखोलालाई धार्मिक–पर्यटनको रुपमा विकास गर्नसमेत गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममासमेत समेटेको छ ।














पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कर छुटको सुविधा चैत मसान्तसम्म
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया