शान्ति–अहिंसा प्रार्थनार्थ काभ्रेमा गुफा बस्दै ‘लामा’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ तालढुङ्गामा बौद्ध धर्मालम्बी ‘लामा’ हरु गुफा (कुन्छाम्¬) बस्ने भएका छन् । खानीखोलास्थित कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङको आयोजनामा यही मङ्सिर २६ गतेदेखि करिव तीन सय लामाहरु गुफा बस्न लागेका हुन् ।
विषेशगरी शान्ति र अहिंसा प्रार्थनाका लागि लामाहरु डेढ महिना गुफा बस्न लागेको घेदुङले जनाएको छ । गुफा बस्न काभ्रेपलाञ्चोकसँगै सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट लामा आउने घेदुङका अध्यक्ष वीरबहादुर वाईवा बताए । उनका अनुसार ताल्ढुङ्गामा मङ्सिर २६ गते गुफा कार्यक्रमअन्तर्गत उद्घाटन भएसँगै भोलिपल्ट लामागुरू खेन्पो सेराप ग्याल्छेनबाट ‘थुन’ सुरु हुने छ ।
शान्ति र अहिंसाको प्रार्थनासँगै धार्मिक तथा साँस्कृतिक सम्बन्धनको विकास गरी लामाहरूलाई बुद्धिष्ट ज्ञानसहित सङ्गठित बनाउने विषयमा प्रशिक्षित गरिने जनाइएको छ । यस्तै गुफामा अहिंसा र शान्तिमा योगदान पु¥याउनुका साथै बौद्ध धर्म, कला–सँस्कृतिको संरक्षण, सम्बद्र्धन र विकाससँगै समस्त लामाको हक–हीत, भाषा, लिपी, बुद्धको उपदेशका पालना गराई तामाङ बौद्ध जागरण तथा धार्मिक कर्मकाण्डलाई कम खर्चिलो, एकरुपता र सरल पार्ने विषयमा बृहत छलफल हुने जनाइएको छ ।
“तामाङ समाजमा पछिल्ला समय ‘लामा’ कम हुँदै गएकाले कुन्साम्मार्फत् लामा पठनपाठन र उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, अध्यक्ष वाइवाले भने । ४५ दिनसम्म चल्ने कुन्छाम् कार्यक्रममा लामाका लागि खान–बस्न रु १५ खर्च हुने आयोजकले जनाएको छ ।
खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले लामाको कुन्छाम् कार्यक्रमले स्थानीय धार्मिक पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बताए । उनका अनुसार खानीखोलालाई धार्मिक–पर्यटनको रुपमा विकास गर्नसमेत गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममासमेत समेटेको छ ।
















विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
पोखरामा गाडी दुर्घटना हुँदा १० जना घाइते
दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया