सुनसरीमा ५८ किलोग्राम गाँजासहित १ जना पक्राउ
मेरोन्यूज
२०८१ मंसिर १७ गते १७:२६

सुनसरी । प्रहरीले सुनसरीबाट काँगासहित १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१५ का २१ वर्षीय सुनिल राई रहेका छन्।
उनलाई सोमबार बिहान इनरुवाबाट लौकहीतर्फ मोटरसाइकलमा गइरहेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
भोक्राहा नरसिंह गाउँपालिका-५ टपरा टोलबाट अवैध लागुऔषध गाँजा करिब ५८ किलो ३ सय ग्रामसहित मोटरसाइकलमा गइरहेको अवस्थामा राई पक्राउ परेका थिए।
प्रहरी चौकी चिरौलीचोकबाट खटिएको प्रहरीलाई देख्ना साथ मोटरसाइकलमा सवार दुई जना व्यक्तिहरू भाग्न खोजेका थिए। मोटरसाइकलमा सवार राईलाई भने उक्त परिमाणको गाँजासहित प्रहरीले पक्राउ गरेको छ। अर्का व्यक्ति भने फरार छन्।
प्रहरीले मोटरसाइकलसहित फरार भएका चालकको खोजी गरिरहेको छ।
सम्बन्धित

















HoR elections: 20k publicity materials violating code of conduct removed
एमाले-कांग्रेस परित्याग गरेकालाई प्रचण्डले भित्र्याए
11 days to HoR elections: Voter education program continues in 6,743 wards
दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ
जिल्ला प्रशासन कार्यालयकाे गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया