ललितपुरका बाढीपीडितले अझै पाएनन् राहत रकम

ललितपुर । गत असोज १२ गतेको बाढीले दक्षिण ललितपुरको तीन स्थानीय तहमा ठूलो क्षति पुर्यायो । एक सय बढी घर विस्तापित भए । बाढीले क्षति पु(याएको तीन महिना बित्दासमेत सरकारले उपलब्ध गराउने भनेको रु ५० हजार राहत रकममध्येको पहिलो किस्ता रु २५ हजारसमेत पीडितले प्राप्त गरेका छैनन् ।
ललितपुर महानगरपालिकाको नख्खु करिडोर, महाङकाल गाउँपालिकाको थोत्ने खोला, कोञ्ज्योसोम गाउँपालिका र बागमती गाउँपालिकामा बाढीले ठूलो क्षति पु(याएको थियो । थोत्ने खोलाको बाढीले ४८ घर पूर्णरुपमा विस्तापित छन् । दिनानुदिन चिसो बढ्दै गएकाले बासको व्यवस्था गर्न नसकेको पीडितको गुनासो छ ।
तीन वटै पालिकाको सिफारिसमा क्षति विवरण आएपछि राहत रकम स्वरुप पहिलो किस्ताबापत्को रु २५ हजार प्रदान गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी गराए । उनले भने, “पालिकाको सिफारिसमा आएको क्षति विवरणसहितको फाराम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनलाइनमा अपडेट गरेपछि प्रक्रिया अगाडि बढ्नेछ ।” हालसम्म कञ्ज्योसम गाउँपालिका बाहेक अरु पालिकाको विवरण प्राप्त नभएको उनको भनाइ छ ।
महाङ्काल गाउँपालिका मनिखोला-२ थोत्ने खोलाको बाढीले विस्तापित ६७ घरसहित पालिकाभरिको ९७ बाढीपीडितको विवरण सङ्कलन भएको महाङ्काल गाउँपालिका– २ का अध्यक्ष जोनीकुमार न्यासुरको भनाइ छ । अध्यक्ष न्यासुरले भने, “हाम्रो पालिकाको क्षति विवरण आइसकेको छ, सायद अन्य पालिकाबाट विवरण नआएर हुनसक्छ पीडितले राहात रकमको पहिलो किस्तासमेत पाएका छैनन् ।”
थोत्ने खोलाको बाढीले घरबास बगाएपछि ललितपुर सातदोबाटोमा बस्दै आउनुभएका बुद्धिमान स्याङ्तान हाल महाङ्काल गाउँपालिका-२ मनिखोलमा टहरा बनाएर बसिरहेका छन्छ । स्याङतानले भने, “बाढीले क्षति पु¥याएको ठाउँ सुनसान छ । आफ्नो जग्गा जमिन कहानेर थियो भन्ने ठम्याउनै गाह्रो छ । सरकारले दिने भनेको ५० हजार बराबरको पहिलो किस्ता नै अझै पाइएको छैन ।”
















भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया