अपाङ्गताका आधारमा हुने सबै प्रकारका विभेद निषेध गरौँ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका नागरिकले पहिचानसहित मर्यादित र आत्मसम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्ने बताएका छन्।
३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले अपाङ्गताका आधारमा हुने सबै प्रकारका विभेद निषेध गर्नुपर्ने बताएका छन्।
अपाङ्गता भएका नागरिकलाई पनि अन्य नागरिक सरह राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउनु संविधानको मर्म भएको उनले स्मरण गराएका छन्। ‘शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै अवसरमा समान पहुँच स्थापित गर्न आवश्यक छ’, उनको सन्देशमा उल्लेख छ।
राष्ट्रपति पौडेलले अपाङ्गता भएका व्यक्तिलाई सरकारी कार्यालय, विद्यालय, सार्वजनिक सवारीसाधन, सडक, पार्क, मठमन्दिर, निजी संरचना अपाङ्गतामैत्री निर्माण गरी आवतजावतमा सुविधा पुर्याउनुपर्नेमा पनि जोड दिएका छन्।

















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया