बम विस्फोटमा ज्यान गुमाएकाहरुका परिवारलाई सहयोग

पाँचथर । बम विस्फोटबाट मृत्यु तथा घाइते भएका बालबालिकाका परिवारलाई यहाँका तीन संस्थाले आर्थिक सहयोग गरेका छन् ।
गत भदौ १३ गते बेवारिसे बम विस्फोट हुँदा ज्यान गुमाएका फालेलुङ गाउँपालिका–५ डाँडागाउँका ११ वर्षीय दीप्सन साँवा र तीन वर्षीया प्रिन्सा साँवा तथा घाइते भई उपचाररत बालकद्वय दीप्सन राई र पवन राईको परिवारलाई रु रु तीन लाख ४२ हजार नौ सय ५६ रकम सहयोग उपलब्ध गराइएको हो । यहाँका दीपज्योति युवा क्लब र फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन संस्थाले रु दुई लाख ८२ हजार चार सय ५६ तथा फालेलुङ सेवा समाजले सङ्कलन गरेको रु ६० हजार पाँच सय रकम सोमबार तीन परिवारलाई वितरण गरिएको दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले जानकारी दिए।
तीन संस्थाले मृतकका परिवारलाई रु एक लाख ७१ हजार चार सय ७८ र घाइतेका परिवारलाई जनही रु ८५ हजार सात सय ३९ का दरले सहयोग उपलब्ध गराइएको बान्तवाले बताए । यी संस्थाहरुले सामाजिक सञ्जालमार्फत सहयोगका लागि आह्वान गरी देश तथा विदेशमा रहेकाहरुबाट उक्त सहयोग सङ्कलन गरेका थिए । सङ्कलित रकम वडाध्यक्ष भरतकुमार खपाङ्गीसहित स्थानीयको उपस्थितिमा प्रभावित परिवारलाई हस्तान्तरण गरिएको थियो ।
मृतक दीप्सन र प्रिन्सा साँवा दिलीप साँवाका छोराछोरी हुन् । गत भदौ १३ गते माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा खेल्ने क्रममा बालबालिकाहरुले उक्त बेवारिसे बम भेट्टाएका थिए । बम खेलाउने क्रममा विस्फोट हुँदा दाजुबहिनीको ज्यान गएको थियो भने दुईजना घाइते भएका थिए ।
घाइते दीप्सन राई, ज्ञानबहादुर राई तथा पवन राई दीपक राईका छोरा हुन् । उक्त घरमा ज्ञानबहादुरको परिवार बसोबास गर्दै आएको छ । घाइतेको काठमाडौँस्थित जलन अस्पतालमा उपचार भइरहेको छ ।
















सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया