क्रिकेट मैदानबाटै एनपीएलमा अनलाइन ‘बेटिङ’, चार भारतीय पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा अनलाइन बेटिङ खेलाउने गिरोहका ४ जना सदस्य पक्राउ परेका छन्। पक्राउ परेका उनीहरु सबै भारतीय छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार २ जना र मंगलबार २ जनालाई पक्राउ गरेको हो। सीआईबीले उनीहरुलाई कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डबाटै पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा भारत कोलकाताका सुमन घोष, उत्तर प्रदेश कानपुरका अमित यादव, बिहार सहरसाका सुमन्त कुमार र ब्रजेश कुमार छन्। उनीहरुले एनपीएलमा स्पोर्ट्स बाजी, प्रोबोलगायतका अनलाइन बेटिङ एपबाट सट्टेबाजी गरेको पाइएको सीआईबीले जनाएको छ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले भारतीय आधार कार्ड ४ थान र ६ वटा मोबाइल बरामद गरेको छ। उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ।
गत शनिबारबाट एनपीएल सुरु भएको हो। एनपीएलमा बेटिङ हुन सक्ने भन्दै सीआईबीको टोलीले क्रिकेट मैदानमा निगरानी बढाएका थिए।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया