सन् २०२३ अक्टोबर देखि गाजामा ३४१ जना मानवतावादीको मृत्यु

काठमाडौँ । मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) ले इजरायली आक्रमण सुरु भएदेखि गाजामा ३४१ जनाका मृत्यु भएकोे जनाएको छ । आक्रमणले गाजा पट्टीमा प्यालेस्टिनीहरू बारम्बार विस्थापित भइरहेको चेतावनीसमेत दिएको छ ।
राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले प्रेस ब्रीफिङ्मा राहतकर्मीहरूले गाजामा अत्यावश्यक सहायता प्रदान गर्न जीवन जोखिममा पारी इजरायली आक्रमणले वर्ल्ड सेन्ट्रल किचनका तीन जना र सेभ द चिल्ड्रेनका एक जना गरी चार जना मानवतावादी कामदारको ज्यान लिएको बताए।
गत वर्षको अक्टोबरदेखि मृत्यु भएका सहायता कार्मीहरूको सङ्ख्या बढेर ३४१ पुगेको बताउदै उनले मानवीय साझेदारहरूले स्थानीय खाद्य प्रणाली सैन्य स्थल सञ्चालन, नागरिक क्षेत्रहरूमा आक्रमणले ध्वस्त पारेको उल्लेख गरेका छन् ।
विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई उद्धृत गर्दै डुजारिकले ५० दिन भन्दा बढी समयदेखि उत्तरी गाजाको बेइट लाहिया, बेइट हानुन र जबल्याका क्षेत्रमा कुनै सहयता नआएको तथा अपवादको रुपमा सोमबार डब्लूएफपीले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को नेतृत्वमा मानवीय मिसनको साथ २०० खाना पार्सलहरू बेइत लाहियाको कमल अदवान अस्पतालमा पठाउन सक्षम भएको बताएका छन्।
घेराबन्दीको कारण भयाभह मानवीय अवस्थाको बीचमा, नागरिकहरूको नरसंहारको साथै आक्रमण सन् २०२३ अक्टोबर देखि गाजामा नरसंहार निरन्तर भइरहेको छ ।
















नेशनल लाइफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न
कोही कसैलाई पनि घरबारबिहीन बनाउँदैनौं : रवि लामिछाने
बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
उद्योगी व्यवसायीलाई रविले भने– डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया