यू-१९ एसिया कप : अफगानिस्तानमाथि नेपालकाे १ विकेटकाे राेमाञ्चक जीत

काठमाडौं । यूएईमा जारी यू-१९ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले ४१ ओभर ३ बलमा लक्ष्य भेट्टायो ।
नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन बनाए । अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३, आकाश त्रिपाठीले ९, मायन यादव १, सन्तोष यादव ७, नरेन भट्ट २, रोशन विश्वकर्मा ९, उत्तम थापामगर २ रनमा आउट हुँदा कप्तान हेमन्त धामी २२ रनमा अविजित रहे ।
नरेन र हेमन्तको संयमित ब्याटिङले नेपालले जीत दर्ता गराएको हो । ८४ रनमा आठौं विकेट गुमाएको नेपालको इनिङलाई हेमन्त र नरेनले उकासेका थिए । उनीहरुले नवौं विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए ।
बलिङमा अफगानिस्तानका अल्लाह गजन्फर र खातिर स्टानिकजाईले ३-३ लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ३५ ओभर ४ बलमा १२३ रनमा समेटिएको थियो । अफगानिस्तानका फैखल खानले ५२ रन जोड्दा अन्य ब्याटरले रन बनाउन सकेका सकेनन् ।
बलिङमा नेपालका युनिस ठकुरी र सन्तोष यादवले ३-३, अभिषेक तिवारी र कप्तान हेमन्त धामीले २-२ विकेट लिए ।
नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।
















‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
Demolition of illegal huts begins at Manohara
सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया