फ्रान्सका प्रधानमन्त्री बार्नियरले अविश्वासको प्रस्तावको सामना गर्ने

पेरिस। फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरको अल्पकालीन प्रशासनको अन्त्य हुने सम्भावना बढेको छ । प्रधानमन्त्री बार्नियरले बुधबार सरकारले अविश्वासको प्रस्तावको सामना गर्न बताएका छन् । यदि प्रधानमन्त्रीलाई तीन महिना मा नै अविश्वासको मतविरूद्ध आफुप्रतिको समर्थन पुष्टि गर्न नसकी बार्नियर सरकार ढलेमा राष्ट्रपति इमानुएल म्याक्रोँले बार्नियरको उत्तराधिकारी छान्न कठिन विकल्प रहनेछ ।
अविश्वासको मतका लागि नेशनल एसेम्बलीमा अर्को वर्षको बजेटलाई लिएर बार्नियरसँगको गतिरोधमा कट्टर वामपन्थी र अति दक्षिणपन्थीले ल्याएका दुई प्रस्तावमाथि छलफल गर्नेछ । तीन पटकराष्ट्रपति पदका उम्मेदवार मारिन ले पेनको अति दक्षिणपन्थी नेसनल ¥याली (आरएन) ले वाम गठबन्धनले अघि सारेको प्रस्तावको पक्षमा मतदान गर्ने अपेक्षा गरिएको छ ।
फ्रान्सेली टेलिभिजनमा बुधबारको मतदानमा उहाँको सरकार टिक्ने सम्भावना छ कि छैन भनी सोधिएको प्रश्नमा बार्नियरले भने, “राजनीतिक मतभेदहरू, विचलनहरू, लोकतन्त्रमा सामान्य विरोधाभासभन्दा बाहिर म सरकार टिकोस् भन्ने चाहन्छु र यो सम्भव छ।”
तर अधिकांश विश्लेषकहरूले अति दक्षिणपन्थीहरूले वाम पन्थसँग अपवित्र गठबन्धन गरेर सरकार ढाल्ने विश्वास गरेका छन्। ग्रीष्मयाममा म्याक्रोँले आह्वान गरेको मध्यावधि निर्वाचनले दक्षिणपन्थीहरूको यात्रालाई रोक्न सफल भएको थिएन र संसद्मा कुनै पनि दल वा गुटलाई बहुमत दिलाउन असफल भएको थियो ।
यसअघिका विधायिकी निर्वाचनको एक वर्षभित्र कुनै पनि नयाँ निर्वाचन हुन सक्दैन, जसले गर्दा म्याक्रोँको विकल्प खुम्चिएको छ । कतिपयले साउदी अरबको राजकीय भ्रमण पूरा गर्न लागेका राष्ट्रपतिले राजनीतिक गतिरोध अन्त्यका लागि राजीनामा दिनुपर्ने सुझाव दिएका छन् ।
तर राष्ट्रपति म्याक्रोँले ती आह्वानलाई अस्वीकार गर्दै यस्तो परिदृश्य ‘राजनीतिक कल्पना’ नभएको बताएका छन् । साउदी अरब भ्रमणका क्रममा म्याक्रोँले सञ्चारकर्मीसँग भने, “म फ्रान्सेली जनताबाट दुई पटक निर्वाचित भएँ। मलाई यो कुरामा गर्व छ र म यो विश्वासलाई अन्तिम सेकेण्डसम्म मेरो सबै ऊर्जाको साथ सम्मान गर्नेछु र यो नै देशको लागि उपयोगी हुनेछ,” म्याक्रोंले भने । म्याक्रोको कार्यकाल सन् २०२७ सम्मका लागि रहेको छ ।
केही प्रमुख विपक्षी व्यक्तित्वहरू र राष्ट्रपतिको गुटसँग नजिक रहेका केही व्यक्तिले पनि राजीनामा म्याक्रोँको एक मात्र व्यावहारिक विकल्प हुन सक्ने सुझाव दिएका छन्।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया