आइतबार, वैशाख १३, २०८३

एनपीएलमा आज पनि दुई खेल हुँदै

मेरोन्यूज २०८१ मंसिर २० गते ७:४२
default

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९:१५ बजे पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्ससँग खेल्ने छ  । 

Advertisement
NiccNicc

दिउँसो सवा १ बजे हुने दोस्रो खेल काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुनेछ। लगातार दुई खेल जितेको जनकपुरले आज खेल्न लागेको खेल तेस्रो हो। यसअघि पहिलो खेलमा विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो।

पोखराको यो दोस्रो खेल हो। यसअघि चितवन राइनोजसँग पराजित भएको थियो। काठमाडौँ गोर्खाजको तेस्रो खेल हो। पहिलो खेलमा चितवनसँग पराजित भएको काठमाडौँले बुधबार कर्णालीलाई पराजित गरेको थियो।

सुदूरपश्चिमको पनि यो दोस्रो खेल हो। पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई पराजित गरेको थियो।

काठमाडौँको मार्की खेलाडी करण केसी, सुदूरपश्चिमका दिपेन्द्रसिंह ऐरी, पोखरामा कुशल भूर्तेल, चितवनमा कुशल मल्ल कप्तानीमा छन्।

प्रतिक्रिया