‘विवाहपञ्चमी महोत्सवले नेपाल–भारतबीचको सम्बन्ध प्रगाढ’

धनुषा। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विवाहपञ्चमी महामहोत्सवले नेपाल-भारतबीचको प्राचीन सम्बन्धलाई प्रगाढ बनाउने काम गरेको बताएका छन्।
त्रेतायुगको झझल्को दिने गरी पाँच वर्षको अन्तरालमा भारतको अयोध्याबाट जन्ती आउने र जन्तीलाई मिथिलावासीले स्वागत गर्न पाउनु गर्वको विषय भएको मुख्यमन्त्री सिंहले बताए। उनले आजै भारतको अयोध्याबाट आएको जन्तीलाई मधेस भवनमा स्वागतसहित दिवा भोज गराएर सम्मान गरे। अयोध्याबाट रामजन्मभूमि ट्रष्टका महासचिव चम्पत रायको नेतृत्वमा झण्डै पाँच सयको संख्यामा आएको जन्तीलाई मिथिलाको परम्पराअनुसार दिवा भोजनका साथै सम्मान गरेका हुन्।
मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालको अध्यक्षतामा स्वागत तथा सम्मान कार्यक्रम भएको हो। रामजन्मभूमि ट्रष्टका महासचिव रायले विवाहपञ्चमी महोत्सवले नेपाल–भारतबीचको प्राचीन सम्बन्धलाई नयाँस्तरमा अझ बढी प्रगाढ बनाउने काम गर्ने बताए।
अयोध्याका नगरप्रमुख गिरिशपति त्रिपाठीले विवाहपञ्चमी महोत्सवले नेपाल भारतको सांस्कृतिक, धार्मिक तथा भावनात्मक एकतालाई प्रगाढ बनाएर जीवन्त बनाउने काम गरेको बताए। जन्तीलाई मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका तर्फबाट मन्त्री सकिलअलि मियाले कम्बल वितरण गरेका थिए।
















भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया