पुटिनले डिसेम्बर १९ मा वार्षिक पत्रकार सम्मेलन गर्ने

मस्को।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डिसेम्बर १९ मा आफ्नो वार्षिक पत्रकार सम्मेलन गर्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले शुक्रबार टेलिभिजन टिप्पणीमा भनेका छन् । पत्रकार सम्मेलनमा विदेशी मिडियाको समेत सहभागिता हुनेछ ।
टेलिभिजनमा प्रसारण गरिने म्याराथन कार्यक्रम अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पदभार ग्रहण गर्नुभन्दा एक महिनाअघि र रुसी सेनाले युक्रेनमा प्रगति गरिरहेको बेला हुनेछ ।
पुटिनले पत्रकारहरूको प्रश्नहरूको जवाफ दिने र जनताका सदस्यहरूबाट फोन कल स्वीकार गर्ने कार्यक्रमलाई ‘भ्लादिमिर पुटिनसँग वर्षको परिणाम’ भनिने पेसकोभले जानकारी दिए ।
रुसले गत वर्ष रुसमा काम गर्ने विदेशी पत्रकारहरूलाई प्रतिबन्ध र प्रवेश रोक लगाएको थियो । यसलाई रुसले ‘पारस्परिक कदम’ का रूपमा व्याख्या गर्दछ । तर पेसकोभले अन्तर्राष्ट्रिय मिडिया सहभागी हुनसक्ने पुष्टि गरे ।
‘सङ्घीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मिडियाका पत्रकारहरूलाई मान्यता दिइनेछ’, उनले भने ।
पेसकोभका अनुसार अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधिहरू ‘मुख्यतया रुसमा हालको मान्यताअन्तर्गत काम गर्ने विदेशीहरू हुनेछन् । अन्य केही पश्चिमी मिडिया पनि उपस्थित हुनेछन् ।
राज्य समाचार संस्था तासका अनुसार कार्यक्रम मस्को समय अनुसार दिउँसो १२ बजे सुरु हुनेछ । गत वर्षको कार्यक्रमले चार घण्टाभन्दा बढी समय लिएको थियो ।
















कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन
Free press for good governance, transparency: Minister Dr Timilsina
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत
कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया