सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगमा सिफारिस भएका ४० जनामाथि उजुरी आह्वान

काठमाडौँ । संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगहरू सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको अध्यक्ष तथा सदस्यमा सिफारिस भएका ४० जनामाथि उजुरी आह्वान गरेको छ ।
सिफारिस समितिले आज एक सूचना जारी गर्दै सिफारिस भएका अध्यक्ष तथा सदस्यमाथि कसैको कुनै प्रतिक्रिया भए सूचना प्रकाशन भएको मितिले पाँच दिनभित्र पुस्ट्याइँ हुने आधार प्रमाणसहित समितिको सचिवालयमा लिखित वा विद्युतीय माध्यमबाट आइपुग्ने गरी उजुरी पेस गर्न आग्रह गरेको छ ।
यदि त्यस्तो प्रतिक्रिया हुनेहरूले आफ्नो विषय पुष्टि हुने आधार र प्रमाणसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रमाणसहित लिखित रूपमा दिन सक्नेछन्।
दुई आयोगको अध्यक्षका लागि ८ जना र सदस्यका लागि ३२ जनाको नाम छनोट गरेको छ।
अध्यक्ष पदका लागि डिल्लीराज आचार्य, अच्युतप्रसाद भण्डारी, विजय सिजापति, विश्वराज कोइराला, सुदीप पाठक, महेश थापा, शेरबहादुर केसी र काशीराज दाहाल छनोट भएका छन्।
दुई आयोगका पदाधिकारीका लागि १५६ जनाको आवेदन परेको थियो।

















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया