आइतबार, फागुन ३, २०८२

प्रधानमन्त्रीको चीन भ्रमणप्रति झलनाथको असन्तुष्टि

मेरोन्यूज २०८१ मंसिर २२ गते १३:३९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुसी व्यक्त गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

चीन भ्रमणबाट फर्किएर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै छिमेकी देशहरुसँग केपी ओली नेतृत्वको सरकारले राम्रो सम्बन्ध बनाउन नसकेको भन्दै असन्तुष्टि जनाए।

उनले भने, ‘लामो प्रयासपछि बीआरआई सम्झौता भएको छ। आखिर सम्झौता गर्नैपर्ने थियो भने यत्रो नक्कली नाटक किन गर्नुपथ्योरु छिमेकी देशहरुसँग जसले राम्रो सम्बन्ध बनाउँन सक्दैन। संसारसँग कसरी राम्रो सम्बन्ध बनाउँन सक्छरु यो त पहिले नै अध्ययन गरेर राम्रो होमवर्क गरेर गर्नुपर्ने काम हो निरु छिमेकीहरुसँग यो प्रकारको लापरवाही गर्न हुँदैनथ्यो। तर, धेरै पटक घुमाउरो कुरा गरेर भएपनि सम्झौता भएको छ। यो चाहिँ खुसीको कुरा हो।’

उनले बीआरआई अगाडि बढाउन नेपालले ढिलाइ गरेकोप्रति चिनियाँ पक्षले आफूसँग पनि चासोपूर्वक कुरा गरेको बताए।

प्रतिक्रिया