सेयर बजारमा भारी गिरावट, नेप्से २७ सयमुनि
मेरोन्यूज
२०८१ मंसिर २३ गते १५:४९

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ।
आज नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ को विन्दुमा बन्द भएको हो।
आइतबार बजार घट्दा नेप्से उपसमूहमा रहेका सबै समूह राताम्मे भएका छन्। सर्वाधिक गिरावट जीवन बीमा समूहमा देखिएको छ। यो समूह ३.०७ प्रतिशतले घटेको छ।
आज बजारमा २७ कम्पनीको मात्रै सेयरभाउ बढेको छ भने २१४ कम्पनीको सेयरभाउ ओरालो लागेको छ।
आइतबार बजारमा ७ अर्ब ४६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। उच्च कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ। यो कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।
सम्बन्धित










चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह
सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया