सोमबार, वैशाख १४, २०८३

नुवाकोटमा दुई छोरासहित आमा मृत फेला

मेरोन्यूज २०८१ मंसिर २३ गते २०:२०

त्रिशूली । नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरासहित आमा मृत भेटिएकी छन्।

Advertisement
NiccNicc

आफ्नै घरमा भित्रबाट आग्लो लगाएको अवस्थामा २४ वर्षीया चन्दीमाया तामाङ, पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।

घटनाबारे अनुसन्धन गर्न जिल्लाबाट प्रहरी प्रमुखसहितको टोली गएको छ। चन्दीमायाका  श्रीमान् रेसबहादुर घरमाथि रहेको बारीमा केराउ टिप्न गएको समयमा घटना घटेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया