अब बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने

काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को प्रालिले अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्स मार्फत खरिद गर्न सकिने स्कीम लिएर आएको छ ।
मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो फाइनान्स प्रकृयालाइ अझ सरल होस भनि आफ्ना ग्राहकहरुको लागि यो स्कीम ल्याएको कम्पनीले जनाएको छ ।
यसअघि मोटरसाइकल खरिद गर्दा घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यकता पर्दथ्यो । यी झन्भटहरुलाइ हटाएर अब भने बजाजका ग्राहकहरुले यी कागजातको सट्टामा नागरिकता मात्रै लगेर सहजै बजाजका मोटरसाइकल फाइनान्स मार्फत किन्न सक्नेछन् ।
किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टा भित्रै लोन पास गरेर ९.९९ प्रतिशत प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्स मार्फत यो सुविधा पाउन सक्नेछन् । यो स्कीम बजाजका देशभरका आधिकारिक शोरुमहरुमा उपलब्ध सबै मोडलहरुमा लागू हुने कम्पनीले जानकारी दिएको छ ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया