अल्लु अर्जुनअघि महेश बाबुले साइन गरेका थिए ‘पुष्पा’, किन छाडे ?

काठमाडौं। डिसेम्बर ५ देखि प्रर्दशनमा रहेको फिल्म ‘पुष्प २: द रुल’ले लगातार बक्स अफिसमा रेकर्ड तोडिरहेको छ ।
यो फिल्म तेलुगु र हिन्दी सिनेमाको सबैभन्दा धेरै कमाउने फिल्म बन्न सक्ने अनुमान गरिएको छ । तर, थोरैलाई थाहा छ कि अल्लु अर्जुनभन्दा अगाडि फिल्म ‘पुष्पा’को भूमिका निर्वाह गर्नका लागि महेश बाबु निर्माताको पहिलो रोजाइ थिए । महेशले यो फिल्म साइन पनि गरेका थिए तर पछि उनले अस्वीकार गरेका थिए ।
चलचित्र पुष्पा निर्देशक सुकुमारले लेखेका हुन् । सन् २०१८ मा महेश बाबु फिल्म महर्षि (२०१९) को सुटिङमा थिए, त्यसपछि उनी पुष्पाको सुटिङ सुरु गर्ने थिए ।
अप्रिल २०१८ मा, मिथरी मुवी मेकर्स प्रोडक्शनले निर्देशक सुकुमार र महेश बाबुसंग दोस्रो चलचित्र SSMB26 को घोषणा गर्यो। यो फिल्मको छायांकन जनवरी २०१९ बाट सुरु हुने भनिएको थियो, तर त्यसअघि महेश बाबुले क्रियटिभ डिफ्रेन्स् काे कारण देखाउँदै सुकुमारका दुवै फिल्म छोडेर सरिलेरु नीकेवारुलाई साइन गरे।

महेशले फिल्म छोडेपछि सुकुमारले अल्लु अर्जुनलाई फिल्म अफर गरेका थिए । त्यसअघि अल्लु अर्जुनले सुकुमारको फिल्म आर्य २ मा काम गरेका थिए ।














कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया