अल्लु अर्जुनअघि महेश बाबुले साइन गरेका थिए ‘पुष्पा’, किन छाडे ?

काठमाडौं। डिसेम्बर ५ देखि प्रर्दशनमा रहेको फिल्म ‘पुष्प २: द रुल’ले लगातार बक्स अफिसमा रेकर्ड तोडिरहेको छ ।
यो फिल्म तेलुगु र हिन्दी सिनेमाको सबैभन्दा धेरै कमाउने फिल्म बन्न सक्ने अनुमान गरिएको छ । तर, थोरैलाई थाहा छ कि अल्लु अर्जुनभन्दा अगाडि फिल्म ‘पुष्पा’को भूमिका निर्वाह गर्नका लागि महेश बाबु निर्माताको पहिलो रोजाइ थिए । महेशले यो फिल्म साइन पनि गरेका थिए तर पछि उनले अस्वीकार गरेका थिए ।
चलचित्र पुष्पा निर्देशक सुकुमारले लेखेका हुन् । सन् २०१८ मा महेश बाबु फिल्म महर्षि (२०१९) को सुटिङमा थिए, त्यसपछि उनी पुष्पाको सुटिङ सुरु गर्ने थिए ।
अप्रिल २०१८ मा, मिथरी मुवी मेकर्स प्रोडक्शनले निर्देशक सुकुमार र महेश बाबुसंग दोस्रो चलचित्र SSMB26 को घोषणा गर्यो। यो फिल्मको छायांकन जनवरी २०१९ बाट सुरु हुने भनिएको थियो, तर त्यसअघि महेश बाबुले क्रियटिभ डिफ्रेन्स् काे कारण देखाउँदै सुकुमारका दुवै फिल्म छोडेर सरिलेरु नीकेवारुलाई साइन गरे।

महेशले फिल्म छोडेपछि सुकुमारले अल्लु अर्जुनलाई फिल्म अफर गरेका थिए । त्यसअघि अल्लु अर्जुनले सुकुमारको फिल्म आर्य २ मा काम गरेका थिए ।
















हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया