आज पनि घट्याे सेयर बजार, काराेबार रकम साढे ५ अर्बमाथि
मेरोन्यूज
२०८१ मंसिर २४ गते १६:०८

काठमाडौं । सेयर बजार लगातार ओरालो लागिरहेको छ। नेप्से परिसूचक आज पनि १२.८४ अंकले घटेर २६७६.१५ को विन्दुमा बन्द भएको छ।
आज नेप्से उपसमूहमा रहेका ५ वटा समूह उकालो लागेका छन् भने ८ वटा समूह ओरालो लागेका छन्। उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.०६ प्रतिशतले बढ्दा जीवन बीमा समूहमा सर्वाधिक १.६७ प्रतिशतको गिरावट देखिएको छ।
बजारमा आज ९२ कम्पनीको शेयरभाउ बढ्दा १३८ वटाको घटेको छ। यो दिन १३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
दोहोरो अंकले घटेको बजारमा आज इमर्जी नेपालका शेयरधनीहरुले सर्वाधिक कमाएका छन्। यो कम्पनीको शेयरभाउ ८.७६ प्रतिशतले बढेको छ।
उता स्वाभिमान लघुवित्तका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन्। यो लघुवित्तको शेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नकारात्मक सर्किट लागेको छ।
आज बजारमा ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
सम्बन्धित









एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया