ईकुटर ई थ्री स्कुटर नेपालमा सार्वजनिक, मुल्य कति ?

काठमाडौं । जिरो इमिसन राइड एनले नयाँ स्कुटर ‘ईकुटर ई थ्री’ काे अनावरण गरेको छ । सोमबार काठमाडाैंमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनिले स्कुटर सार्वजनिक गरेको हो ।
२०१७ मा स्थापना भएको इकुटरले इलेक्ट्रिक दुई पांग्रे सवारीसाधनमा निरन्तर नवप्रवर्तन गर्दै आएको छ । यो स्कुटरमा नवीनतम प्रविधि, आकर्षक डिजाइन र वातावरणमैत्री यातायात संयोजन रहेको कम्पनिले जनाएकाे छ ।
ईकुटर ई थ्रीले सहरी तथा ग्रामीण दुवै क्षेत्रमा भरपर्दो, दिगो र सहज यात्रा समाधान प्रदान गर्ने जीरो इमिसन राइड एनले जनाएको छ ।
कम्पनिका अनुसार १ हजार ५०० वाट रेटेड मोटर पावर र ३ हजार वाट पिक पावर रहेको ईकुटर ई थ्रीले १२ डिग्रीसम्मको उकालो सजिलै पार गर्न सक्छ । यसमा एक पटक चार्ज गर्दा १००-१२० किमी सजिलै यात्रा गर्न सकिने र ५/६ घण्टामै ब्याट्री फूल चार्ज हुने कम्पनिकाे भनाइ छ । ब्याट्रीको वारेन्टी २० हजार किमी अथवा दुई वर्षसम्म रहेको छ । ईकुटर ई थ्रीको मोटरमा दुई वर्षको वारेन्टी पनि रहेको छ ।
ईकुटर ई थ्रीमा रेजेनेरेटिभ ब्रेकिङ, क्रूज कन्ट्रोल, प्रोजेक्टर हेडल्याम्प, डबल डिस्क ब्रेक, एन्टी थिप्ट अलार्म, ह्वील लक र एलसीडी डिस्प्ले पनि उपलब्ध रहेको छ ।
इकुटर ई थ्रीको मूल्य २ लाख २५ हजार रुपैयाँ रहेको कम्पनिले जनाएकाे छ ।










थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद
एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
फुटबलबाट सन्यास लिँदै रोनाल्डो
प्रतिक्रिया