आइतबार, वैशाख २०, २०८३

हाइटीको राजधानीमा भएको हिंसामा १८४ जनाको मृत्यु

मेरोन्यूज २०८१ मंसिर २४ गते १७:२३

काठमाडौँ । हाइटीको राजधानीमा भएको हिंसामा पछिल्लो एक हप्तामा १८४ जनाको मृत्यु भएको छ ।

Advertisement
NiccNicc

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखले हाइटीको राजधानीमा सामूहिक हिंसाका कारण १८४ जनाको मृत्यु भएको सोमबार बताएका हुन्।

जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै भोल्कर तुर्कले भने, “गत साता मात्र हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा एक शक्तिशाली गिरोहका नेताद्वारा आह्वान गरिएका आक्रमण र प्रत्यक्रमणका क्रममा कम्तीमा १८४ जनाको मृत्यु भएको छ।

उनका अनुसार यी पछिल्ला घटना र यसबाट मृत्यु भएका मानिसहरूको सङ्ख्यासँगै यो बर्ष मात्र हाइटीमा हिंसात्मक आक्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या पाँच हजार पुगेको छ ।”

प्रतिक्रिया