मुम्बईको कुर्ला पश्चिममा दुर्घटना हुँदा चार जनाको मृत्यु, २५ घाइते

मुम्बईको कुर्ला पश्चिम एसजी बर्वे रोडमा सोमबार राति बसले पैदलयात्री र सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस अंधेरी तर्फ जाँदै गर्दा कुर्ला पश्चिममा दुर्घटना भएको थियो ।
प्रहरी उपायुक्त गणेश गावडेले पत्रकारहरूलाई भने,“कुर्लामा बेस्ट बसले नियन्त्रण गुमाएर केही सवारीलाई ठक्कर दिएको छ । २५ जना घाइते भएका छन् भने चार जनाको मृत्यु भएको छ । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई नियन्त्रणमा लिइएको छ । अनुसन्धान चलिरहेको छ ।”
घाइतेहरूलाई कुर्लाको बीएमसीद्वारा सञ्चालित भाभा अस्पताल र सायन अस्पताललगायत नजिकका अस्पतालहरूमा लगिएको थियो ।
करिब २५ जना घाइतेलाई उपचारका लागि लगिएको भाभा अस्पतालका डा पद्मश्री अहिरेले बताए । तीमध्ये दुई जनाको मृत्यु भएको थियो भने एकजना घाइतेको उपचारका क्रममा मृत्यु भएको थियो ।
यसैबीच शिवसेना विधायक दिलीप लाण्डेले ब्रेक फेल भएर दुर्घटना भएको हो । बस चालकले नियन्त्रण गुमाएर ३०–३५ जनालाई ठक्कर दिँदा आत्तिएर बस चालकले एक्लेरेटर थिचेको उनले बताए ।
“कुर्ला स्टेसनबाट छुटेको बसको ब्रेक फेल भयो र चालकले बसको नियन्त्रण गुमाए । चालक डराए र ब्रेक थिच्नुको सट्टा एक्सेलेटर थिचे र बसको गति बढ्यो, चालकले बस नियन्त्रण गर्न सकेन ।”
घाइतेहरुको सायन अस्पताल, राजावाडी अस्पताल र अन्य निजी अस्पतालमा उपचार भइरहेको छ,” लाण्डेले जानकारी दिए।















रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया