एनपीएलमा कर्णाली याक्सको तेस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ ।
त्रिवि मैदानमा मंगलबार भएको दोस्रो खेलमा पोखरालाई ७ विकेटले पराजित गर्दै कर्णालीले तेस्रो जित दर्ता गरेको हो । पोखराले दिएको एक सय चार रनको लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
कर्णालीका लागि गुल्सन झाले अविजित ४९ रन बनाए । यस्तै, चाडविक वाल्टन ४२, बाबर हायातले ७ र विलियम बोसिस्टोले २ रनको योगदान दिए । कर्णालीले अतिरिक्त ६ रन प्राप्त गर्यो ।
पोखराका लागि विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले समान १/१ विकेट लिए । कर्णालीको यो तेस्रो जित हो । जारी एनपिएलमा ५ खेल खेलेको कर्णाली यसअघि दुई खेलमा पराजित भइसकेको छ ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको पोखराले १६ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय तीन रन बनाएको थियो ।
पोखराको लागि दिनेश खरेलले सर्वाधिक २६ रन बनाए । उनले १९ बलमा एक छक्का र चार चौका समेत प्रहार गर्दै २६ रन बनाएका हुन् ।
एन्ड्रिज गौसले २५, रेमन रेफरले २०, कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०/१० रन बनाए ।
यस्तै, दिलीप नाथले ३, माइकल लिस्कले २, नारायण जोशी र आकाश चन्दले समान एक/एक रनको योगदान दिए । पोखराले अतिरिक्त ५ रन प्राप्त गर्यो ।
कर्णालीको लागि विलियम बोसिस्टोले सर्वाधिक ६ विकेट लिए । यस्तै, कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिश ठकुरीले समान एक/एक विकेट हात पारेका थिए । पोखराको यो तेस्रो हार हो । जारी एनपिएलमा ४ खेल खेलेको पोखराले एक खेल मात्रै जितेको छ ।
















कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
वीरगञ्जमा गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया