एमाले बैठकको निष्कर्ष : उपनिर्वाचनबाट अध्यक्ष-उपाध्यक्ष थपिँदा सन्तुष्ट

काठमाडौं । नेकपा एमालेले हालै सम्पन्न भएको स्थानीय तहको उपनिर्वाचनको समिक्षा गरेर पहिले भन्दा राम्रो उपलब्धि हासिल गरेको निष्कर्ष निकालेको छ ।
मंगलबार बसेको एमाले सचिवालय बैठकमा हालै सम्पन्न उपनिर्वाचनबारे समीक्षा गर्दै एमालेले यस्तो निष्कर्ष निकालेको हो ।
एमालेले उपनिर्वाचन भएका ४२ मध्ये आफ्नो पार्टीबाट जितेका ७ वडा सबै फिर्ता नगरेपनि अध्यक्ष र उपाध्यक्षसहित ८ पदमा जित निकालेकोमा उपलब्धिका रूपमा लिएको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले कीर्तिपुर र काठमाडौैं महानगर १६ मा भएको हारलाई सहरी जनमतसँग पार्टीलाई जोड्नुपर्ने निष्कर्ष निकालेको बताए ।
एमालेले आफ्नो मात्र नभएर सबैको हकमा जनमत चेन्ज भएको देखिएको र त्यसलाई गम्भीर रूपले लिँदै जनप्रतिनिधिहरूले जनताको मत जित्न सक्नुपर्ने ठहर गरेको छ ।
त्यसैगरी एमालेले मंसिर १७ देखि २० सम्म भएको एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र भ्रमणमा भएको बीआरआई फ्रेमवर्क सहमतिलाई सरकारको सफलता मानेको छ ।










राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै राष्ट्रपति पौडेल
अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया