एमाले बैठकको निष्कर्ष : उपनिर्वाचनबाट अध्यक्ष-उपाध्यक्ष थपिँदा सन्तुष्ट

काठमाडौं । नेकपा एमालेले हालै सम्पन्न भएको स्थानीय तहको उपनिर्वाचनको समिक्षा गरेर पहिले भन्दा राम्रो उपलब्धि हासिल गरेको निष्कर्ष निकालेको छ ।
मंगलबार बसेको एमाले सचिवालय बैठकमा हालै सम्पन्न उपनिर्वाचनबारे समीक्षा गर्दै एमालेले यस्तो निष्कर्ष निकालेको हो ।
एमालेले उपनिर्वाचन भएका ४२ मध्ये आफ्नो पार्टीबाट जितेका ७ वडा सबै फिर्ता नगरेपनि अध्यक्ष र उपाध्यक्षसहित ८ पदमा जित निकालेकोमा उपलब्धिका रूपमा लिएको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले कीर्तिपुर र काठमाडौैं महानगर १६ मा भएको हारलाई सहरी जनमतसँग पार्टीलाई जोड्नुपर्ने निष्कर्ष निकालेको बताए ।
एमालेले आफ्नो मात्र नभएर सबैको हकमा जनमत चेन्ज भएको देखिएको र त्यसलाई गम्भीर रूपले लिँदै जनप्रतिनिधिहरूले जनताको मत जित्न सक्नुपर्ने ठहर गरेको छ ।
त्यसैगरी एमालेले मंसिर १७ देखि २० सम्म भएको एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र भ्रमणमा भएको बीआरआई फ्रेमवर्क सहमतिलाई सरकारको सफलता मानेको छ ।
















मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
वीरगञ्जमा गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया