भन्सार छलीको गाडी र स्रोत नखुलेको रकमसहित चिनियाँ पक्राउ

काठमाडौं । प्रहरीले भन्सार छलीको गाडी र स्रोत नखुलेको रू १४ लाख ६० हजारसहित तीन जनालाई पक्राउ गरेको छ । भन्सार छलीको गाडी निर्वाधरूपमा गुडिरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौंको कीर्तिपुर नगरपालिकाबाट एक चिनियाँ नागरिकसहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकालाई आज सार्वजनिक गरेको छ ।
सो प्रकरणमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका ४३ वर्षीय चिरञ्जीवि पौडेल, धनुषाको लोहोना गाउँपालिकाका ३० वर्षीय रञ्जन जैसवाल र दक्षिणकाल बस्ने २४ वर्षीय चिनियाँ नागरिक सुइजुम्लुङ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट भन्सार छलीको बा २४ च ३२९३ नम्बरको गाडी, बि एए ७७७९ नम्बरको कार, रू १४ लाख ६० हजार नगद, ल्यापटप पाँच थान, मोबाइल आठ थान र स्मार्ट वाच २३ थान बरामद गरेको छ ।
नौ जुवाडे पक्राउ
काठमाडौँको टोखा नगरपालिका–१० गोँगबुस्थित मिहिर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा नौ जुवाडे पक्राउ परेका छन् ।
प्रहरी वृत्त महाराजगन्जबाट खटिइएको प्रहरी टोलीले उनीहरूलाई ५० हजार नेपाली रूपैयाँ, सात सय अमेरिकी डलर र चार बुक ताससहित पक्राउ गरेको हो ।
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया