भन्सार छलीको गाडी र स्रोत नखुलेको रकमसहित चिनियाँ पक्राउ

काठमाडौं । प्रहरीले भन्सार छलीको गाडी र स्रोत नखुलेको रू १४ लाख ६० हजारसहित तीन जनालाई पक्राउ गरेको छ । भन्सार छलीको गाडी निर्वाधरूपमा गुडिरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौंको कीर्तिपुर नगरपालिकाबाट एक चिनियाँ नागरिकसहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकालाई आज सार्वजनिक गरेको छ ।
सो प्रकरणमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका ४३ वर्षीय चिरञ्जीवि पौडेल, धनुषाको लोहोना गाउँपालिकाका ३० वर्षीय रञ्जन जैसवाल र दक्षिणकाल बस्ने २४ वर्षीय चिनियाँ नागरिक सुइजुम्लुङ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट भन्सार छलीको बा २४ च ३२९३ नम्बरको गाडी, बि एए ७७७९ नम्बरको कार, रू १४ लाख ६० हजार नगद, ल्यापटप पाँच थान, मोबाइल आठ थान र स्मार्ट वाच २३ थान बरामद गरेको छ ।
नौ जुवाडे पक्राउ
काठमाडौँको टोखा नगरपालिका–१० गोँगबुस्थित मिहिर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा नौ जुवाडे पक्राउ परेका छन् ।
प्रहरी वृत्त महाराजगन्जबाट खटिइएको प्रहरी टोलीले उनीहरूलाई ५० हजार नेपाली रूपैयाँ, सात सय अमेरिकी डलर र चार बुक ताससहित पक्राउ गरेको हो ।










बिबिसीविरुद्ध ट्रम्पले दायर गरे मुद्दा, १० अर्ब डलर क्षतिपूर्ति माग
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
प्रतिक्रिया