आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नसक्ने गरी संगठन निर्माण गर्नुपर्छ : उपमहासचिव पुन

दमौली (तनहुँ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी निर्वाचन एक्लै प्रतिस्पर्धा गर्नसक्ने गरी संगठन निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् ।
तनहुँको आँबुखैरेनी गाउँ कमिटीको सम्मेलन एवं खबरदारी सभामा आज उनले विसं २०८४ को निर्वाचनमा पार्टीलाई एक्लै प्रतिस्पर्धा गर्न सक्ने बनाउन सबैलाई पार्टी निर्माणमा लाग्न आग्रह गरे ।
उपमहासचिव पुनले हालै सम्पन्न उपनिर्वाचनले त्यसको पुष्टि गरिसकेको र एक्लै प्रतिस्पर्धा गर्दा पार्टी झनै लोकप्रिय रहेको देखिएको बताए । आँबुखैरेनी गाउँपालिका माओवादी एक्लैले जितेको बताउँदै जनतासँग साथमा रह्यौँ भने पार्टीलाई विश्वास गर्ने वातावरण सिर्जना हुने उनको भनाए थियो । अब जितेको पालिकामा नमुनायोग्य काम गरेर जनताको विश्वास जित्ने गरी काममा लाग्न उपमहासचिव पुनले आग्रह गरे ।















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया