बुधबार, चैत ११, २०८२

एनपीएल : आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स तथा चितवन र काठमाडौं भिड्दै

मेरोन्यूज २०८१ मंसिर २६ गते ७:३८

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दसौँ दिन बुधबार (आज) पनि दुई खेल हुँदै छन्।

Advertisement
nepal life insurencenepal life insurence

सदाझैँ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुने पहिलो खेलमा शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्स र दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्स भिड्दै छन्। 
लिगमा अपराजित रहेको जनकपुर लगातार पाचौँ जित हासिल गर्ने दाउमा छ। सन्तुलित टोलीका रूपमा देखिएको जनकपुर पाँचौँ जितसँगै प्लेअफ पुग्ने पहिलो टोली बन्न चाहन्छ।
लिगका तीन खेलमा २ मा जित र १ मा हार भोगेको सुदूरपश्चिम ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ।

राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम चौथो जितका साथ प्लेअफ सम्भावनालाई बलियो बनाउन चाहन्छ।

एनपीएलमा जनकपुरसँगै सुदूरपश्चिमलाई उपाधि दाबेदार टोलीका रूपमा हेरिएको छ। 
आज दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा काठमान्डु गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन्।

प्लेआफमा पुग्ने गणितीय आशा जीवित राखेको लुम्बिनीलाई यो खेल जित्नैपर्ने दबाब छ। आज हारे लुम्बिनी बाँकी खेलअघि नै समूह चरणबाटै बाहिरिनेछ। 

यी दुई टोलीबीचको खेलको निर्णयले प्लेअफ समीकरण अझ रोमाञ्चक बन्नेछ। यो खेल हारे काठमान्डु पनि प्लेअफमा पुग्ने सम्भावना लुम्बिनीकैजस्तै कमजोर बन्नेछ।

प्रतिक्रिया