काठमाडौँका विभिन्न स्थानमा आजदेखि पुष ५ गतेसम्म ४ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौँ । आजदेखि काठमाडौँका विभिन्न स्थानमा पुष ५ गतेसम्म दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै फरक फरक दिनमा छुट्टाछुट्टै फिडरहरू बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सट डाउन गरिने भएकाले ती फिडरअन्तर्गतका क्षेत्रहरूमा विद्युत् अवरुद्ध हुने जनाइएको छ। आज कीर्तिपुरको रोपवे फिडर सट डाउन गरिनेछ। त्यसले बल्खु करिडोर क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।
यस्तै, बिहीबार मच्छेगाउँ फिडर अन्तर्गतका भत्केकपाटीदेखि राराहिल चोक क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।
यस्तैगरी, शुक्रबार रोपवे फिडरको कीर्तिपुर रिङरोड क्षेत्र र शनिबार बाफल फिडर अन्तर्गतका स्वयम्भू क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।
पुस १ गते कीर्तिपुरकै रोपवे फिडर अन्तर्गतका कीर्तिपुर रिङरोड क्षेत्र र खसीबजार क्षेत्र, पुस २ गते मच्छेगाउँ फिडर अन्तर्गत राराहिल चोकदेखि ढाल्पा चोक, पुस ३ गते रोपवे फिडरकै मेत्रीनगर इशानेश्वर मन्दीर क्षेत्र, पुस ४ गते बाफल फिडर अन्तर्गत स्वयम्भू क्षेत्र र पुस ५ गते शंखमुलको दोभान पुल क्षेत्रमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
ती क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउनमा गर्न लागिएको हो।















बर्जु दुर्घटना पीडित परिवारलाई १२ लाख क्षतिपूर्ति
रुकुममा सनासो प्रहार गरी श्रीमतीको हत्या
कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने
घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
प्रतिक्रिया