आज तीन वटा संसदीय समितिको बैठक बस्दै
मेरोन्यूज
२०८१ मंसिर २६ गते ९:५१

काठमाडौँ । आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ ।
बैठकमा समितिमा प्राप्त विधेयकहरू माथिको कार्यवाहीको लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा अर्थमन्त्री समेतको उपस्थितिमा छलफल, मुलुकको समग्र आर्थिक प्रणालीमा राजश्व संकलनको अवस्था र भन्सार कार्यालयहरूले व्यहोर्नुपरेका नीतिगत एवं व्यवहारिक समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुनेछ ।
यस्तै, बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा विज्ञहरूसँग छलफल हुनेछ ।
यस्तैगरी, दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ ।
सम्बन्धित
















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया