शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न डिजाइनकर्तालाई पुरस्कार दिइने

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न (लोगो) डिजानकर्तालाई १५ हजार पुरुस्कार दिइने भएको छ ।
प्रतीक चिह्न प्रतिस्पर्धात्मक विधिबाट डिजाइन गर्नका लागि प्रस्ताव माग गरिएको छ । नगरपालिकाको चिनारी झल्कने सङ्केत चिह्नसँगै नगरपालिकाको नक्सा र नेपालको राष्ट्रिय झण्डाको प्रयोग हुनुपर्ने प्रावधान राखिएको छ । “प्रतीक चिह्न अधिकतम तीन सेन्टिमिटर व्यासको हुनुपर्नेछ”, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, “नगरपालिको मूल पहिचान झल्कने संस्कृति, रहनसहन, पर्यटकीय स्थान, प्राकृतिक सम्पदा समावेश गरी प्रतीक चिह्न तयार गर्नुपर्नेछ ।”
उनका अनुसार प्रतीक चिह्न कलात्मक र मापन योग्य हुनुपर्ने छ । छनोट भएको प्रतीक चिह्नको सम्पूर्ण अधिकार नगरपालिकाको हुनेछ । डिजाइनकर्ताले अन्य ठाउँमा सो प्रतीक चिह्न प्रयोग गर्न पाउनेछैन । प्रतीक चिह्नको प्रस्तावका साथ रङ्गीन र श्याश्वेत एकप्रति कागजमा गरिएको प्रिन्ट पाना, पेन ड्राइभ वा नगरपालिकाको इमेल ठेगानामा डिजाइन पेस गर्नुपर्नेछ ।
यसैगरी, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मौलिक सिर्जना हो कसैको नक्कल गरेको हो÷होइन भन्ने स्व घोषण, डिजाइनकर्ताले प्रयोग गरेको चिह्न, रङ्ग र अक्षर प्रयोग गर्नाका कारण खुलाइएको व्याख्यात्मक विवरण पेस गर्नुपर्नेछ । प्रतीक चिह्नका लागि आजदेखि १५ दिनभित्र प्रस्ताव पेस गर्नका लागि नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरेको छ ।















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया