शेयर बजारको लगातारको गिरावटमा लाग्यो ब्रेक, उच्च अंकको वृद्धिसँगै नेप्से फेरि २७०० माथि

काठमाडौं । शेयर बजारको लगातारको गिरावट बुधबार ब्रेक लागेको छ। आज नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५.७१ को विन्दुमा बन्द भएको छ।
बजार उच्च अंकले बढ्दा कारोबार पनि बढेको छ। आज ५ अर्ब ५ करोड रुपैयाँ बढीको कारोबार भएको छ।
यो दिन नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा घटेको छ। आज बैंकिङ सेक्टर सर्वाधिक ३.४३ प्रतिशतले बढेको छ भने म्युचुअल फन्ड समूह ०.३४ प्रतिशतले घटेको छ।
बजारमा आज २११ कम्पनीको शेयरभाउ बढेको छ भने २९ वटाको घटेको छ। यो दिन ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
न्यादी हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोपावरमा करिब १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लाग्दा खानीखोला हाइड्रोपावरको शेयरभाउमा करिब १० प्रतिशतको गिरावटसँगै नकारात्मक सर्किट लागेको छ।
आज बजारमा जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ३६ करोड १५ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया