कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस ९पोइन्ट अफ सेल० टर्मिनलहरूमा युपिआई (युनियनपे इन्टरनेशनल) का कार्डहरु स्वीकार गर्ने भएको छ ।
डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्दै ग्राहकहरुलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ्गको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ, यो सुविधा नेपाल भर कुमारी बैंकका सम्पूर्ण एटीएम तथा पीओएस टर्मिनलहरूमा उपलब्ध हुनेछ ।
यो सुविधाबाट अब युपिआई कार्ड प्रयोगकर्ताहरूले कुमारी बैंकको एटीएम मार्फत रकम झिक्न र पीओएस टर्मिनल मार्फत खरिद भुक्तानी गर्न सहज हुने साथै यसले व्यापारिहरुलाई पनि लाभ हुने विश्वास बैंकले लिएको छ । बैंकले आफ्नो सेवाको दायरालाई व्यापक बनाउँदै, डिजिटल नेपालको अभियानमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
बैंकले अनवरत रुपमा वित्तीय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया