ढोरपाटन सिकार आरक्ष पुग्ने सडक स्तरोन्नति हुँदै
मेरोन्यूज
२०८१ मंसिर २७ गते ७:५७

ढोरपाटन (बागलुङ)। तमानखोला गाउँपालिकाको बोङ्गादोभानबाट ढोरपाटन सिकार आरक्ष पुग्ने सडकको स्तरोन्नति प्रारम्भ भएको छ ।
दश किलोमिटर लामो यो सडकको स्तरोन्नतिका लागि तमानखोला गाउँपालिकाले रु एक करोड ४५ लाख ५८ हजार विनियोजन गरी काम थालेको गाउँपालिकाका अध्यक्ष जोकलला बुढामगरले जानकारी दिए। ढोरपाटनसम्मको यात्रालाई सहज बनाउन थालिएको स्तरोन्नतिका क्रममा सडक चौडा गर्ने, पानीको निकासका निम्ति नाली र बोङ्खानीखोलामा कल्भर्ट निर्माण गरिने छ ।
यो बाटो २०७५ सालमा खुलेको हो । तमानखोला–२ का चुलेन्द्र विकले अहिलेको साँघुरो सडक अब फराक भएपछि सबै प्रयोगकर्ताको आवागमन सहज हुने बताए । तमानखोला बाग्लुङको विकट गाउँपालिका हो । यहाँका धेरै स्थानलाई सडक सञ्जालबाट जोड्न बाँकी छ ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिँदै
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया